पेट्रोलको मूल्य प्रतिलिटर दुई बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ।
यसअघि प्रतिलिटर रु १५९ मा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर रु १६१ कायम गरिएको छ।
नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर दुई रुपैयाँ ३३पैसा बढेर आएको छ भने डिजलको मूल्य प्रतिलिटर एक रपैयाँ २७ पैसा घटेर आएको छ।
शुक्रबार मध्यरात १२ः०० बजेदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६१ र डिजल एवम् मट्टीलेत प्रतिलिटर एक सय ४९ तोकिएको छ।
प्रतिक्रिया