धनगढीबाट भरुवा बन्दुक र चक्कु सहित दुई भारतीय नागरिक र एक नेपाली पक्राउ
धनगढी । कैलालीको धनगढीबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१९ बाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका– १९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको डीएसपी बोहराले जानकारी दिए । विशेष सूचनाको आधारमा जिल्ला, प्रदेश र संघीय प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया