अनेरास्ववियु कैलालीले स्ववियु कार्यशाला तथा प्रशिक्षण गर्दै
धनगढी । नेकपा एमाले सम्बद्व विद्यार्थी संगठन अनेरास्ववियुले अगामी फागुनमा स्ववियु कार्यशाला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
अनेरास्ववियुका अध्यक्ष कुबेर खड्काले अगामी ७ फागुनमा संगठनले धनगढीमा स्ववियु कार्यशाला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
स्ववियु ऐश्वर्य बहुमुखी क्याम्पसका सभापति समेत रहेका खड्काले ५ चैतमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिल्लाको पहिलो र विद्यार्थीको रोजाइको विद्यार्थी संगठन बनाउने उदेश्यले प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए ।
कार्यक्रमबाट स्ववियु निर्वाचन रणनीति समेत तय गरिने उनको भनाइ थियो ।
प्रतिक्रिया