अत्तरियाको दुर्गालक्ष्मी नमुना मावि सरकारको विज्ञान विषय प्रर्वद्धनका लागि छनौट

  शुक्रबार १८, माघ २०८१ ०७:२१

धनगढी । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मावि विज्ञान विषय प्रर्वद्धनका लागि छनौट भएको छ । सरकारले विज्ञान विषय प्रर्वद्धन गर्नका लागि देशभरका ११४ वटा विद्यालयहरु छनौट गरेको छ । जसमा कैलालीको अत्तरियाबाट दुर्गालक्ष्मी नमुना मावि पर्न सफल भएको हो ।

सरकारको उक्त सुचिमा सुदूरपश्चिमबाट १२ वटा सामुदायिक विद्यालयहरु पर्न सफल भएका छन । जसमा कैलालीका दुर्गालक्ष्मी सहित धनगढीको धनगढी मावि पनि रहेको छ ।

यस्तै कञ्चनपुरबाट महेन्द्रनगर मावि, डोटीबाट पद्म पब्लिक मुक्तिनारायण मावि र डडेल्धुराबाट महेन्द्र मावि उक्त सुचिमा पर्न सफल भएका छन ।

यसैगरी बाजुराबाट भानोदय मावि, बझाङबाट सत्यवादी मावि र सुनकुँडा मावि, बैतडीबाट वीरेन्द्र मावि शाहिलेक र मणिलेक मावि, दार्चुलाबाट महेन्द्र मावि तथा अछामबाट सूर्यचन्द्र मावि पनि उक्त सुचिमा परेका छन ।

प्रदेशका ३ वटा जिल्लाका २र२ वटा विद्यालयहरु उक्त सुचिमा परेका छन भने ६ वटा जिल्लाबाट एउटा मात्रै सामुदायिक विद्यालय उक्त सुचिमा पर्न सफल भएका छन ।

clock शुक्रबार १८, माघ २०८१ ०७:२१

प्रतिक्रिया