आज देशभर शहीद दिवस मनाइँदै, वीर सपुतहरूको सम्मानमा विविध कार्यक्रम
धनगढी । नागरिकको हकअधिकार, स्वतन्त्रता र प्रजातन्त्रका लागि जीवन आहुति दिने वीर सपुतहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइँदैछ।
इतिहासका विभिन्न कालखण्डमा राष्ट्र, प्रजातन्त्र र जनताको अधिकारको पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्झनामा देशभर विविध कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइनेछ।
१९९७ सालमा नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो। त्यसैगरी, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा, र गंगालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकद्वारा मृत्युदण्ड दिइएको थियो।
२०१२ सालदेखि काठमाडौं नगरपालिकाको संयोजकत्वमा माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। हाल माघ १० देखि १६ सम्मको समयलाई शहीद सप्ताहका रूपमा मनाइँदै आएको छ।
शहीदहरूको बलिदानले देशमा प्रजातन्त्र र स्वतन्त्रताको आधारशीला निर्माण गरेको स्मरण गर्दै यस अवसरमा आयोजना हुने कार्यक्रमहरूले जनतामा सहानुभूति, कृतज्ञता र प्रेरणा जागृत गर्ने अपेक्षा गरिएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया