भिम रावलको मातृभुमी जागरण अभियानमा एमाले गोदावरी र गौरिगंगाका ३५८ जना समाहित

  शनिबार १२, माघ २०८१ १८:०३

धनगढी । एमालेको कारवाहिमा परेका डा. भिम रावलको मातृभुमी जागरण अभियानमा एमालेका नेताकार्यकर्ता थपिने क्रम जारी छ । शनिवार पनि उक्त अभियानमा कैलालिका साढे ३ सय नेता कार्यकर्ता थपिएका हुन ।

केही दिन अघि एमाले कैलालिको कार्वाहिमा परेका पुर्व सामाजिक बिकास मन्त्री तथा एमालेका प्रदेश कमिटी सदस्य कृष्ण राज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदी सहित ३५८ जनाले डा. रावलको मातृभुमी जागरण अभियान रोजेका छन । 

निवर्तमान प्रदेश कमिटी सदस्य सुबेदी सहितका नेताकार्यकर्ताले पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले छाडेर रावलको अभियानमा जोडिएको जानकारी दिएका हुन ।

उक्त अभियानमा कैलालिको गोदावरी र गौरिगंगा नगरपालिकाका करिव ढाइ सय संगठित सदस्य र बाकी एमालेका शुभचिन्तकहरु जोडिएको सुबेदीले बताएका छन ।

clock शनिबार १२, माघ २०८१ १८:०३

प्रतिक्रिया