बझाङमा रनिङ शिल्डमा कबड्डी खेल्दा खेलाडीको हात भाँचिएपछि.....
बझाङ । बझाङमा राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कबड्डी खेल्ने क्रममा एक विद्यार्थीको हात भाँचिएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र तर्फको कबड्डी खेलमा विद्यार्थी सुवास धामीको हात भाँचिएको हो ।
सोमबारदेखि भैरव माद्यामिक विद्यालय झोताको प्राङ्गणमा सुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कबड्डी खेल्ने क्रममा धामीको हात भाँचिएको बताइएको छ ।
प्रथम स्थानका लागि भैरव माध्यमिक विद्यालय झोता र शिक्षोदय माध्यमिक विद्यालय बागथला बिच भएको खेलमा भैरव माध्यमिक विद्यालयका विद्यार्थी धामीको हात भाँचिएको हो ।
कबड्डी खेल्ने क्रममा बिपक्ष टिमका खेलाडीले रोक्ने क्रममा खेलाडी शरीर माथि चढ्दा हातमा चोट लागेको र एक्सरे गर्दा हात भाँचिएको देखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका खेलकुद समिति अध्यक्ष साजन मल्लले धामीको हातको उपचार प्रतियोगिता सञ्चालन निर्देशिकाको बिमा मार्फत गरिने बताए । उनले उक्त घटनाले आफु दुखी भएको र धामीको सबै उपचार खर्च खेलकुद समिति, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका र स्थानीय सरकारले गर्ने बताए ।
प्रतिक्रिया