प्रेस चौतारी कैलालीको अध्यक्ष जनक र सचिवमा दिनेश सर्वसम्मत चयन

  शनिबार १२, माघ २०८१ ११:१७

धनगढी । प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह विष्ट सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार धनगढीमा सम्पन्न प्रेस चौतारी कैलालीको ८ औं जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । विष्ट यसअघि प्रेस चौतारीको जिल्ला सचिवको जिम्मेवारीमा थिए ।

यस्तै, उपाध्यक्षमा लोकुसिंह ठकुरी, उपाध्यक्ष (महिला) मा निर्मलाकुमारी शाही, सचिवमा दिनेश विष्ट, सहसचिवमा धुर्व ओझा, सहसचिव (समावेशी) भूपेन्द्र बिक (प्रिन्स) पनि सर्वसम्मत चयन भएको निर्वाचन आयोगले जनाएको छ ।

सदस्यमा टेकसिंह धामी, पूर्णबहादुर साउद, दिनेश राना, भरत रिमाल, मनिषा भुल, कमल साउद, सिद्वराज अधिकारी, नरेशनाथ योगी र भावना भण्डारी र भुवनेश्वरी राना पनि सर्वसम्मत भएका छन् ।

clock शनिबार १२, माघ २०८१ ११:१७

प्रतिक्रिया