दार्चुला स्थित नेपाल भारत सीमा नाका बन्द
दार्चुला । भारतको तहसील मुख्यालय धारचूला अन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गरेर मंगलबार साँझ ५ बजे देखि नेपाल–भारत जोड्ने खलंगा स्थित सिमा नाका बन्द भएको छ ।
माघ १० गते हुने निर्वाचनलाई लक्षित गरि ४८ घण्टाको लागी खंलगा स्थित सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार साँझ ५ बजे देखि माघ १० गते मतदान प्रक्रिया समाप्त नहुँदा सम्म जिल्ला सदरमुकाम खंलगास्थित दार्चुला–धारचूला जोड्ने झोलुङ्गे पुल बन्द रहेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
प्रतिक्रिया