कर्ण थापा भन्छन्– भीम रावलसँग संयोगले सिट एउटै परेको हो, भ्रममा नपर्नु होला !
धनगढी । नेकपा एमालेबाट बहिर्गमनमा परेका डा. भीम रावलसँगको एउटै जहाज र सिट बारे चर्चा हुन थालेपछि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रष्टीकरण दिनु परेको छ । शुक्रबार मातृभूमि जागरण अभियान चलाइरहेका रावल आउने श्री एयरलाइन्सको जहाजमा रावल र थापा एउटै सिटमा धनगढी आइपुगेका हुन् ।
रावल र थापा बसेको फोटो सार्वजनिक भएलगत्तै एकाएक भाइरल बने लगत्तै थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस नै लेखेका छन् । थापा गृह जिल्ला बाजुराको बुढीगंगा नगरकमिटीको नगर अधिवेशनमा भाग लिन बाजुरा आउन लागेका हुन् । संयोजकले एउटै जहाज र एउटै सिट मिलेपछि दुबै जनाको फोटो समेत खिचेका थिए ।
त्यही विषयलाई लिएर रावल थापाको यात्रा संयोग कि सल्लाह भन्ने विषय चर्चा बनिरहेका बेला थापाले प्रष्टीकरण समेत दिनु परेको छ । थापाले सामाजिक सञ्जालमा लेखेका छ् – भोलीदेखि बाजुरामा हुने नेकपा एमालेका पालिका अधिबेशनको लागि म काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथी कक्षमा डा. भीम रावलसँग सङग भेट भयो । संयोगले सिटसँगै पर्याे र जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जालमा राखेछन् ।
डा भीम रावल र मेरो आजको यात्रा संयोगमात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ । हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्यौ । अब हामी आफ्नो आफ्नो बाटोमा हिडेका छौं । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु ।
थापाले रावल लक्षित केही स्टाटस र कारवाही नगर्नु पर्ने मनसायको लबिङ गरेको चर्चाका बीच पनि फोटोले काम गरेको देखिन्छ । रावल अछामको रामारोशन गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा आएका हुन् । भने थापा बुढीगंगा नगरपालिकाको नगर कमिटी अधिवेशनमा आएका हुन् ।
प्रतिक्रिया