४ महिनापछि सुदूरपश्चिम प्रदेश सभाको माघ ६ बैठक बस्दै
धनगढी । चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको मिति तय गरिएको छ। यही माघ ६ गते प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
यसैबिच बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ।
गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन।
प्रतिक्रिया