रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

  बुधबार ०२, माघ २०८१ २०:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुनु भएको छ। जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी बुझाएर लामिछाने थुनामुक्त हुनु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त आदेशपछि बैंक ग्यारेन्टीमार्फत् लामिछानेले धरौटी रकम बुझाउनु भएको हो ।

लामिछानेलाई गत विहिबार जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

clock बुधबार ०२, माघ २०८१ २०:०६

प्रतिक्रिया