सुविधा थप्दा पनि शिक्षाको गुणस्तरमा सुधार भएन

  शनिबार २७, पुष २०८१ ०८:०१

बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नभएको पाइएको छ। सरकारले निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, दिवा खाजा, विभिन्न छात्रवृत्ति लगायत विविध सुविधा उपलब्ध गराएका विद्यालयमा पनि शिक्षाको गुणस्तरमा सुधार नभएको पाइएको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले दशरथ चन्द नगरपालिकाका १९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरेर बिहीबार नगरपालिकालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन अनुसार दशरथ चन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षकले आइसिटीको प्रयोग नगरी तथा पाठ योजनासमेत नबनाई किताबका भरमा विद्यार्थीलाई (पढ पढ) मात्रै भन्ने गरेका पाइए‌को छ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले माध्यमिक शिक्षा परीक्षा (एसइई) मासहभागी हुँदै आएका विद्यालयको एक महिना लामो अध्ययन, निरीक्षण र परीक्षणका क्रममा दशरथ चन्द नगरपालिकाका सामुदायिक विद्यालयमा पढाउने ८६ प्रतिशत शिक्षकले प्रविधिको प्रयोग नगरी परम्परागत शैलीमै पठनपाठन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

शैक्षिक गुणस्तर परीक्षणमा खटिएका नीलकण्ठ रेग्मीले एसइई दिने एउटा समुदायिक विद्यालयमा राज्यले वार्षिक दुई करोड रुपियाँभन्दा बढी लगानी गरे पनि त्यस अनुसार उपलब्धि नभएको बताए ।

clock शनिबार २७, पुष २०८१ ०८:०१

प्रतिक्रिया