नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक

  सोमबार २२, पुष २०८१ १७:२६

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए ।

कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए ।प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मन्त्री लेखकले राज्यका संयन्त्र र सुरक्षा निकायबाट पनि भारतीय नागरिकले नेपाली भूमिमा खेतीपाती गरिरहेको कुरा जानकारीमा रहेको बताए ।

ुकञ्चनपुर जिल्लामा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । म समितिलाई के जानकारी गराउन चाहन्छु भने हाम्रो भूमि, हाम्रो जमिन कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जमिन भारतीय नागरिकले भोग चलन गरिरहेको अवस्था छ । यसबारेमा सरकार जानकार छ । हामीसँग जानकारी प्राप्त भएको छ । सरकारका आफ्ना जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्ज, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतबाट जानकारी प्राप्त भएको छ,ु गृहमन्त्री लेखकले भने, ुयसका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा हामीहरूले केही छलफल पनि गरेका छौँ ।ु

सीमा विवाद नरहेको ठाउँमा पनि भारतीय नागरिकले नेपाली भूमि भोग चलन गरिरहेको विषयमा सरकार कूटनीतिक माध्यमबाट समाधान खोज्ने पनि गृहमन्त्री लेखकले बताए । ुआफ्नो भूमिको, सिमानाको रक्षा गर्नका लागि सरकार कटिबद्ध छ, यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले भोग चलन गर्ने विषयमा कूटनीतिक पहलबाट समाधान गर्छौँ,ु लेखकले भने ।

कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले प्रश्न उठाएका थिए ।

clock सोमबार २२, पुष २०८१ १७:२६

प्रतिक्रिया