एमाले गोदावरी नगर कमिटीका ४६ जनाद्वारा पार्टी परित्याग
अत्तरिया । नेकपा एमाले गोदावरी नगर कमिटी कैलालीका ४६ जनाले एमाले छोडेका छन् । पूर्व माओवादी पृष्ठभूमिका ४६ जनाले सामूहिक राजीनामा दिएका हुन । उनीहरू तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि एमालेमै रहेका थिए । तर, एमालेमा अपमानित भएपछि पार्टी छोड्नुपरेको सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।
‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व के विरुद्ध तनै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो’ सामूहिक राजीनामा पत्रमा भनिएको छ ‘तत्कालीन माओवादीले गरेको ठुलो कान्ति जनयुद्धलाई हामी कसैले पनि इन्कार गर्न सक्दैनौ । अहिले की गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध के जगमा आएका हुन् । अहिले को एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने नीति भएपनी त्यसको विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शङ्कर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौ ।’
पुस ११ गते पार्टी कार्यालयमा बुझाइएको राजीनामा पत्रमा ४६ जनाले नेकपा एमाले परित्याग गर्ने निर्णय गरेको उल्लेख छ ।
प्रतिक्रिया