मुख्यमन्त्री शाह र समिति सभापति विष्टलाई गरियो सम्मान

  शनिबार २०, पुष २०८१ १७:२४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र विद्यायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टलाई सम्मान गरिएको छ।

सुदूरपश्चिम निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र नियमावली पारित भएपछि मुख्यमन्त्री र समिति सभापति विष्टलाई सम्मान गरिएको हो। 

नेपाल निजामती कर्मचारी युनियन प्रदेश समितिले मुख्यमन्त्री शाह, विधायन तथा प्रदेश मामिला समितिका सभापति बिष्ट र प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई धन्यवाद ज्ञापन गर्दै सम्मान गरेको छ।

भदौमा प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको थियो।

clock शनिबार २०, पुष २०८१ १७:२४

प्रतिक्रिया