सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा राना नियुक्त
धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जिवन राना नियुक्त भएकी छिन् ।
प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद बैठकले सदस्यमा पनि नियुक्त गरिसकेको बताइएको छ ।
आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।
को हुन् राना ?
कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गरेकी छिन् । उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेकी हुन् ।
उनले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पारेकी थिइन् ।
नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन् । कांग्रेसकी केन्द्रीय सदस्य रहेकी उनी बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख पनि हुन् ।
प्रतिक्रिया