चैतन्य पाठशालाको शैक्षिक जागरण अभियान शुरू

  बिहिबार १८, पुष २०८१ १५:१६

धनगढी ।  “शिक्षा र संस्कार‌को सङ्‌गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला” भन्ने मूल नारा बोकेर अगाडि बढेको धनगढी स्थित शिवनगरमा रहेको शैक्षिक संस्था चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान शुरू गरेको छ ।

दूर दराजका स्थानमा रहेका आधारभूत आवस्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेर पनि अगाडि बढ्न नसेकेका ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा शरु गरीएको हो । चैतन्य पाठशाला र चैतन्य एकेडेमीले शैक्षिक जागरण अभियानको यात्रा गर्दै आएको छ । विगतका वर्षझैं यस वर्ष पनि सहयोगार्थ स्वरुप यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो ।

यसैगरी श्री दर्जा कोट मा।वि धिर्कामाण्डौँ, डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको कुरा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी बताए ।

डोटीको बोगटान फुडसिल गा.पा. १ सिमचौर स्थित सिमचौर मा।वि। का विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले शिक्षासँगै संस्कार पनि आजको समाजको आवश्यकता हो । र विद्यालय प्रशासन, अभिभावक , नागरिक समाज, स्थानीय सरकार शिक्षक र विद्यार्थीसंगको साझेदारीले शैक्षिक क्षेत्रमा नवपर्वतन ल्याउन सकिन्छ भन्ने कुरा उक्त कार्यक्रमका बिच बताउनुभएको थियो ।

चैतन्यको शैक्षिक जागरण अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरी र चैतन्य पाठशालामा ब्राण्ड एम्बास्टरको रुपमा कार्यरत साईकल यात्री भरत विक्रम शाहको उपस्तिथि रहेका थिए । चैतन्यको शैक्षिक जागरणवाट प्रेरणा मिलेको अनुभुति भएको सहभागि नागरिक समाजले व्यक्त गरेको छन । यस्ता खालका कार्यक्रमवाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूको भनाइ छ ।

clock बिहिबार १८, पुष २०८१ १५:१६

प्रतिक्रिया