भीम रावलको निष्काशनपछि पहिलो पटक बस्दै एमालेको सचिवालय बैठक

  बिहिबार १८, पुष २०८१ ०७:१५

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ। एमालेले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ।

यसअघिको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई निष्काशन गरेको थियो। पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै रावललाई एमालेबाट निष्काशन गरेको थियो। 

clock बिहिबार १८, पुष २०८१ ०७:१५

प्रतिक्रिया