परराष्ट्रमन्त्री राणा आज धनगढी आउँदै

  शुक्रबार १२, पुष २०८१ ०७:४३

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज (शुक्रबार) कैलालीको धनगढी आउने  कार्यक्रम तय भएको छ  । कैलालीको चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबुलकारको शिलान्यास गर्न उहाँ कैलाली आउन लागेको नेपाली कांग्रेस कैलालीले जनाएको छ । 

कैलालीको चिसापानीमा केबुलकार निर्माणका लागि हालसम्म १ हजार ८०० भन्दा बढी रुख कटान भइसकेको छ । २० बिघा जग्गा परियोजनाको नाममा दर्ता भइसकेको बताइएको छ । यो केबुलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको नेतृत्वमा निर्माण हुन लागेको हो  ।  

सात अर्वको लागानीमा निर्माण हुन लागेको जालपादेवी केबुलकारले धार्मिक पर्यटन प्रवर्धन गर्ने र क्षेत्रीय आर्थिक गतिविधिलाई बढावा दिन महत्वपूर्ण भुमिका खेल्ने लागानी कर्ता सूर्यबहादुर थापाले बताए । एक वर्षमा काम सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु गरिएको थापाले जानकारी दिए । 

clock शुक्रबार १२, पुष २०८१ ०७:४३

प्रतिक्रिया