एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटायाे

  बुधबार १०, पुष २०८१ १८:५८

काठमाडौँ । नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई कारबाही गरिएको हो।

उनका अनुसार सो विषयमा बोल्ने विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ। उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए। 

clock बुधबार १०, पुष २०८१ १८:५८

प्रतिक्रिया