धनगढीका मेयर हमालको स्वास्थ्यमा क्रमिक सुधार

  बुधबार १०, पुष २०८१ १६:५१

धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ ।

मंसिर २१ गते उनलाई मस्तिष्कको पक्षघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटल लगिएको थियो । 

उपचारपछि क्रमशः स्वास्थ्यमा सुधार भएपछि तीन दिनअघि उनी धनगढी फर्किएका छन् ।

हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका नगरप्रमुख हमाल सामान्य बोलचाल र आँगनमा हिँडडुल गर्न थालेका छन् ।

केही दिन आराम गर्नुपर्ने अवस्था रहेको र चाँडै सन्चो भएर काममा फर्किने उनले बताए ।

clock बुधबार १०, पुष २०८१ १६:५१

प्रतिक्रिया