जेटि.यु.सिसिको प्रदेश स्तरिय श्रम सम्मेलन धनगढीमा सम्पन्न

  मङ्गलबार ०९, पुष २०८१ ०७:१५

धनगढी । श्रमिकहरुको संयुक्त ट्रेडयुनियन समन्वय केन्द्र (जेटि.यु.सिसि) को प्रदेश स्तरिय श्रम सम्मेलन धनगढीमा सम्पन्न भएको छ । सम्मेलन उद्घाटन गर्नु हुँदै नेपाल ट्रेड युनिययन महाँसंघ (जिफण्ट)का केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले सवै श्रमिक संगठन एकजुट भएमात्रै सरकारलाई दवाव दिन सकिने बताए । 
विभिन्न राजनीतिक दलसंग आस्थाराख्ने छुट्टाछुट्टै श्रमिक संगठन भएपनि जेटि.यु.सिसिमा हाल सम्म कुनै राजनीतिक प्रभाव नरहेको उनले बताए । दलगत आस्थालाई त्यागेर सवै श्रमिक एक ठाउँमा उभिएकै कारण हाल श्रमिकको हक अधिकारका पक्षमा महत्वपूर्ण काम भएका उनले बताए ।

उनले आ–आफ्नो जिम्मेवारीबाट विमुख नहुन पनि श्रमिकलाई आग्रह गरे । पछिल्लो समय केही गरेन भनेर नेतालाई गाली गर्ने तर आफ्नो जिम्मेवारी विसर्ने प्रवृति बढेको उनको भनाई छ । कस्ले के गर्यो भन्दा पनि मैले के गरे भन्ने कोणबाट सोच्ने बानीको विकास हुनु जरुरी रहेको उनको भनाई छ ।

उनले जेटि.यू.सिसिले नीतिगत तहमा काम गर्ने गरेको बताए । जेटि.यु.सिसिको आन्दोलनका कारण मज्दुरका पक्षमा धेरै काम भएको बताए । मज्दुर दिवसको अवसरमा सार्वजनिक विदा दिन सरारलाई बाध्य बनाउन देखि सामाजिक सुरक्षामा मज्दुरलाई जोड्ने जस्ता महत्वपूर्ण काम जेटि.यु.सिसिकाको अथप प्रयासले सम्पन्न भएको उनले बताए।

जिफण्टका सहकारी प्रबन्धक संयोजक तथा नवजीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर वमले कर्णाली वारी हाल सम्म मज्दुरका मुद्धामा एकजुट देखिएका बताए । उनले आफ्नो अधिकार खोज्दा जिम्मेवारी पनि बिसर्न नहुने बताए । तीन वटै सरकारले मज्दुरका पक्षमा काम गर्ने गरेको भएपनि त्यसबारेमा जानकारी नहुँदा बजेट फ्रिज हुने गरेको भन्दै उनले मज्दुरलाई सरकारका गतिविधिसंग जोड्नु आवश्यक रहेको बताए ।
उनले नीति बनाउन, योजना ल्याउन र कम्जुरको हकहितमा वकालत गर्दा आगामी दिनमा पनि सवै संगठक एकजुट हुनुपर्नेमा जोड दिए। 
जेटि.यु.सिसिका सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन जिफन्टका प्रदेश अध्यक्ष जीत बहादुर मल्ले गरेका थिए  ।

नेपाल ट्रेड युनिययन महाँसंघ (जिफण्ट) ले प्रदेशका कायाकलव अभियान सञ्चालन गर्ने भएको छ । जिफन्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठको उपस्थितीमा सोमबार धनगढीमा बसेको प्रदेश स्तरिय भेलाले कायाकलव अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष जीत बहादुर मल्ले बताए । कायाकलव अभियान सञ्चालनका लागि १ सय ५१ सदस्यीय अभियान परिचालन कमिटि गठन गरेको पनि उनले बताए ।

clock मङ्गलबार ०९, पुष २०८१ ०७:१५

प्रतिक्रिया