जापानमा गरे सुदूरपश्चिमका युवाहरूले बृहत् रक्तदान

  सोमबार ०८, पुष २०८१ ०७:४०

धनगढी । जापानमा बसोबास गर्ने सुदूरपश्चिमका युवाहरूले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । सुदूरपश्चिम नेपाली समाज तोकाइ जापानको आयोजनामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्  ।

जापानमा रहेका समाजहरू माझ छुट्टै पहिचान बनाएको सुदूरपश्चिम समाजले जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात् गर्दै ५७ जनाले रक्तदान गरेको समाजका अध्यक्ष दीपेन्द्र खड्काले जानकारी दिए । 

जापानमा रहेका समाजहरूले गरेका रक्तदानहरू मध्य एकै पटक सबै भन्दा बढी पीन्ट रगत सकंलन गरेको सुदूरपश्चिम समाजले दाबी गरेको छ ।

कसैको ज्यान बचाउन डाक्टर नै बन्नु पर्छ भन्ने छैन वास्तवमै रक्तदाताहरू भगवानका अर्को रूप हुन भन्ने कुरालाई आत्मसात् गरेर रक्तदान कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सहभागीले हामीले दान गरेको १ युनिट रगतले ३ जनाको ज्यान बच्न सकोस् भन्ने शुभेक्क्षा व्यक्त गरेका थिए ।

No description available.

 

No description available.

No description available.

 

 

clock सोमबार ०८, पुष २०८१ ०७:४०

प्रतिक्रिया