सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा पनि

  शुक्रबार २१, मङि्सर २०८१ ०७:०८

धनगढी । भोलीदेखि सुरू हुन गई रहेको १८ओै संस्करणको सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ ।

सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलोकनको योजना सहित हेलिटुर सेवा सञ्चालनका लागि तयारी अघि बढाईएको कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताए ।

उनका अनुसार खप्तड, रामारोसन, बडिमालिका लगायतका क्षेत्रको अवलोकन गर्ने प्याकेज सहित हेलिटुर सेवा सञ्चालन गर्ने र कैलाली कञ्चनपुरमा  सिटि टुर हेलि सेवा सञ्चालन गरिने छ ।  महोत्सव मार्फत निजि क्षेत्रले सुदूरपश्चिमको विकासका लागि राज्यलाई दवाव दिंदै आएको सल्लाहकार भट्ट बताए । 

सुदूरपश्चिमको विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटि जोड्ने सडक सञ्जालको विस्तार र स्तरिय सडक तथा अन्तराष्ट्रीय स्तरको हवाई सेवा सञ्चालन हुनु अपरिहार्य रहेको उाको भनाई छ ।

निजि क्षेत्रले सरकारलाई चिन र भारत संगको व्यापारिक क्षमता बढाउन स्तरिय सडक सञ्जाल निर्माणका लागि जोड दिय पनि सरकारले त्यता तर्फ ध्यान दिन नसकेको उहाको गुनासो छ ।

clock शुक्रबार २१, मङि्सर २०८१ ०७:०८

प्रतिक्रिया