नवजीवन सहकारीको ३१ औँ वार्षिक एकाईगत साधारणसभा टीकापुरकामा सम्पन्न
टीकापुर । नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी रहेका थिए ।
भेलालाई सम्वोधन गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए । मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लडदा सहकारीले ऋण दिएको र सफल भएको बताए ।
पूर्वराज्यमन्त्री चन्द्रसिह भट्टराईले शंकैशंकामा सदस्य भएको सहकारीले ठूलो प्रगति गरेकोमा धन्यवाद दिए । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले नवजीवन सहकारी देशकै नमूना सहकारी बनेकामा अरुले पनि सिक्नु पर्ने बताए ।
सहकारीका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयरपूजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपिया रहेको बताए ।
यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपिया लगानी रहेको, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित राखेको छ शेयर सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करीब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।
सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले वचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ ।
बन्द सत्रमा शेयर सदस्यहरुले पदाधिकारी र कर्मचारीहरुको खर्च बढेको, लाभांश कम भएको गुनासो गरेका छन् । अध्यक्ष बमले २०७४ सालमा तय भएको पदाधिकारी भत्ता र कर्मचारी लगानी अनुसार कर्मचारी कम भएको जानकारी दिए ।
टीकापुर र जोशीपुरका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान
सभामा टीकापुर र जोशीपुर शाखाका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा जानकी गाउपालिका वडा नम्बर ३ का भर्जु कठरिया, टीकापुरका नरबहादुर बम, भजनीका टीकाराम चौधरी, जोशीपुरका फूलकुमारी थारुलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तान प्रतिक साउद र विश्वास ढुंगानालाई पनि सम्मान गरिएको छ ।
प्रतिनिधि चयन
सहकारीको मङ्सिर ३० गते हुने साधारण सभाका लागि प्रतिनिधि छानिएका छन् । टानिएका प्रतिनिधिहरुमा टीकापुरबाट बिमला शाह, तारा बम, धनबहादुर बोहरा, दीर्घबहादुर तिरुवा, नरेन्द्र मल्ल हुनुहुन्छ भने जोशीपुरबाट रामकृष्ण डगौरा र भजनकुमारी बोहरा हुनुहुन्छ ।
प्रतिक्रिया