बाजुराको स्वामिकार्तिकमा चार दलबाट चार महिला चुनावी मैदानमा
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि चार महिला चुनावी मैदानमा उत्रिएका छन्। चार रानीतिक दलले छुट्टाछुट्टै उम्मेदवार खडा गरेपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
नेकपा एकीकृत समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ। नेपाली काँग्रेसले पुलतीसरा शाही, एमालेले सुलोचना कुमारी भण्डारी ९बुढा० र माओवादी केन्द्रले राजुकुमारी विकलाई उम्मेदवार बनाएको छ।
चारवटै राजनीतिक दलहरूबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। २०७९ को निर्वाचनमा एमाले कांग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए। उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन।
यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार बिरसिंह विकले ४१ मत ल्याएका थिए। त्यतिबेला माओवादीले अध्यक्षमा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो। ७ हजार ४६० मतदाताले मतदानमा भाग लिन पाउने छन्।
तीमध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन्। जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ भने एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ। स्वामिकार्तिकमा मैनादेवी जैसीको निधन भएपछि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया