डडेल्धुरा पुगेर देउवाले भने– ‘अधुरा, अपूरा कामहरू पूरा गर्छु’

  मङ्गलबार २७, कार्तिक २०८१ १४:५२

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार डडेल्धुरा आएका छन्। उनले सोमबार महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे। त्यसक्रममा उनले जिल्लामा आफूले थालेका अधुरा, अपूराहरू अब छिट्टै पूरा हुने बताए। 

सभापति देउवाले रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गर्ने कामका लागि आफूले पहल गर्ने बताए।

देउवाले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउँदले बताए। देउवा डडेलधुराबाट २०४८ सालपछिका सबै निर्वाचनमा विजयी हुँदै आएका छन्।

clock मङ्गलबार २७, कार्तिक २०८१ १४:५२

प्रतिक्रिया