आगामी माघमा एसपीए कैलाली प्रिमियर लिग आयोजना हुने
धनगढी । आगामी माघमा एसपीए कैलाली प्रिमियर लिग ( एसपीए केपीएल) आयोजना हुने भएको छ। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता कैलाली प्रिमियर लिगको टाइटल स्पोनसरको रूपमा एसपीए कलेजले सहकार्य गर्ने भएको छ।
यो प्रतियोगिताको तेस्रो संस्करणका लागि मंगलबार एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश बि. शाही र जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम विष्ट बिच औपचारिक सम्झौता सम्पन्न भएको हो।
यस सम्झौताअनुसार एसपीए कलेजले लगातार तीन वर्षका लागि केपीएलको मुख्य प्रायोजन गर्नेछ। कैलाली जिल्लामा क्रिकेट खेलको प्रवर्द्धन र खेलाडीहरूको स्तर वृद्धिमा एसपीए केपीएलले उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
अध्यक्ष विष्टका अनुसार यस पटकको टी–२० एसपीए केपीएलले क्रिकेट प्रेमी र खेलाडीहरूलाई नयाँ उत्साह प्रदान गर्नेछ। “केपीएलको आयोजनाले जिल्लामा क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ, र एसपीए कलेजसँगको सहकार्यले यसलाई अझ सशक्त बनाउनेछ,” विष्टले भने।
कैलाली प्रिमियर लिगको दोस्रो संस्करणमा टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको थियो ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया