रुद्राक्ष डायग्नोस्टिकको तिहार अफर सुगर र मृगौला जाँच निशुल्क

  सोमबार ०५, कार्तिक २०८१ १३:०३

धनगढी । धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले तिहार अफर ल्याएको छ । धनगढी उपमहानगरपालिका १ सेती प्रादेशिक अस्पताल अगाडी रहेको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले तिहारलाई लक्षित गरी बिभिन्न अफर ल्याएको हो । 

डायग्नोस्टिकले तिहारमा सुगर र मृगौला जाँच निःशुल्क र थाइराईड र होलबडी चेकअपमा विशेष छुट सहितको योजना सार्वजनिक गरेको हो । डायग्नोस्टिकले सुगर र मृगौला जाँच निःशुल्क र थाइराईड जाँच ४५० र होलबडी जाँच १ हजार ८ सयमा गर्ने जनाएको छ ।

डायग्नोस्टिकका सञ्चालक हरि धामीका अनुसार सो अफर कात्तिक १४ र १५ गते रहेको छ । उक्त समयमा मौकाको फाइदा उठाउन ग्राहकलाई उनले अनुरोध समेत गरे । सरकारी मुल्यमै ल्यावका सम्पुर्ण सेवा दिने उद्देश्य सहित एक महिना अघी डायग्नोस्टिकले सेवा शुरु गरिएको थियो ।

सामान्य सुगर जाँच, बिभिन्न हर्मोन देखी क्यान्सर समेत पत्ता लगाउने उपकरण डायग्नोस्टिकमा छन् । सक्दो ल्याव सम्बन्धी सबै सेवा दिने र अन्य ल्याव भन्दा निकै कम मुल्यमा सेवा दिइरहेको धामीले बताए ।

May be an image of 1 person, hospital and text

clock सोमबार ०५, कार्तिक २०८१ १३:०३

प्रतिक्रिया