कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद

  सोमबार २८, असोज २०८१ ०९:०८

धनगढी । कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोड स्थित पदमा अस्पताल अत्तरिया नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

clock सोमबार २८, असोज २०८१ ०९:०८

प्रतिक्रिया