धनगढीको श्रीलंका जंगलबाट ६ जना जुवाडे पक्राउ

  मङ्गलबार २२, असोज २०८१ ०७:३४

धनगढी । कैलालीको धनगढीमा श्रीलंकाको जंगलबाट ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंकाको जंगलमा जुवा खेलिरहेको अवस्थामा सोमवार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock मङ्गलबार २२, असोज २०८१ ०७:३४

प्रतिक्रिया