आज विश्व शिक्षक दिवस

  शनिबार १९, असोज २०८१ ०७:३२

धनगढी । आज विश्व शिक्षक दिवस मनाइँदैछ । हरेक अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो । 

विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ ।विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०को आह्वानमा यो दिवस मनाउन थालिएको हो । 

युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।

clock शनिबार १९, असोज २०८१ ०७:३२

प्रतिक्रिया