कञ्चनपुरमा कुखुरा फर्म भित्रबाट १२ जना जुवाडे पक्राउ

  बिहिबार १७, असोज २०८१ ०७:५०

कञ्चनपुर । कञ्चनपुरको बनकट्टीमा १२ जना जुवाडे पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१४ बनकट्टी स्थित अमरसिंह कुवँरको बाझो कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद १ लाख ६ हजार ४७० र ५६ पत्ती ताससहित उनीहरुलाई बुधवार पक्राउ गरेको बताएको छ। 

clock बिहिबार १७, असोज २०८१ ०७:५०

प्रतिक्रिया