सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा टमाटा

  बिहिबार १७, असोज २०८१ ०७:३७

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ ।

रोयल्सले विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक रहिसकेका टमाटालाई एनपीएलका लागि टिमको प्रशिक्षण जिम्मेवारी दिइएको जनाएको छ ।

हाल टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टका रूपमा क्यानडा भ्रमणमा छन् । सुदूरपश्चिमले उनको प्रशिक्षणमा टोलीले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेको छ । 

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा रहेका छन् ।

clock बिहिबार १७, असोज २०८१ ०७:३७

प्रतिक्रिया