बाढीपहिरो अपडेट : २३३ को मृत्यु, १६९ घाइते

  बिहिबार १७, असोज २०८१ ०७:२६

काठमाडौँ । हालैको बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अन्य १६९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।

clock बिहिबार १७, असोज २०८१ ०७:२६

प्रतिक्रिया