टीकापुरमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु

  आइतबार १३, असोज २०८१ १५:५२

धनगढी । कैलालीको टीकापुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ। 

टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो।

नेकपा एमाले नेता, पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा अधिवेशन सुरु भएको हो।

नयाँ नेतृत्व चयन गर्न गरिएको अधिवेशनमा अध्यक्षका लागि ५ जनाभन्दा बढीले इच्छा देखाएको बताइएको छ।

clock आइतबार १३, असोज २०८१ १५:५२

प्रतिक्रिया