धनगढी पार्क निर्माण : ड्रिम प्रोजेक्ट रोक्न ब्युझियो नागरिक समाज

  आइतबार १३, असोज २०८१ १४:४१

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको तत्कालिन दशरथ भिम उद्यानलाई नयाँ डिजाइन गरी ड्रिम प्रोजेक्टका रुपमा बिकास गर्ने उद्देश्य सहित शिलान्यास गरिएको छ । २०७९ सालको चैत १२ गते उपमहानगरपालिकाले पहिलो पटक विरेन्द्र ऐश्वर्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान गरेको एक महिनापछि अथवा २०८० सालको बैशाख २ गते मेयर गोपाल हमालले सामाजिक सञ्जालबाट पार्क निर्माणका लागि सुझाव आह्वान गरेका थिए । त्यसमा कसैले पनि पार्कको निर्माण रोक्ने सुझाव नदिएपछि उपमहानगरले आफ्नो प्रोजेक्ट अनुसार पार्क निर्माण प्रक्रिया अगाडी बढाएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको थियो । धनगढी उपमहानगरपालिकाले उक्त स्थानमा ५ सय जनालाई स्टार्टअप विजनेसका माध्यमबाट रोजगारी दिईने योजना बनाएको छ । डिपिआर अनुसार सहरी विकास तथा भवन निर्माण विभागले पार्क निर्माणका लागि पहिलो चरणमा पौने ९ करोडको लगानी पनि गरेको हो ।

विरेन्द्र ऐश्वर्य उद्या

नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते निर्माणका लागि सम्झौता भईसकेको छ । उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए । निर्माण कम्पनीले २०८३ को बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम सक्नेगरी सम्झौता भएको छ । धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो ।

धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण कार्यको असोज १ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले सिलान्यास गरिसकेका छन । उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ । अहिले उद्यान निर्माण कम्पनीले त्यसभीत्र निर्माण सामाग्री राखि सकेको छ । करिब डेढ बर्षअघी डिपिआर बनाएर उपमहानगरपालिकाका मेयर हमालले सो डिपिआर बारे सुझाव मागेका थिए । त्यतिबेला कुनै सुझाव तथा प्रतिक्रिया समेत नदिएका नागरिक समाज तथा राजनितिकर्मीहरु पार्क शिलान्यास पछि ठुला सरंचना बनाउन नहुने भन्दै बिरोध गरिरहेका छन् । नागरिक समाजको नाममा ३९ जनाले हस्ताक्षर गरेर धनगढी पार्कमा बन्ने संरचनाले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने भन्दै २०ं८१ को असारमै ठेक्का सम्भौता भईसकेको निर्माण कार्य रोक्न ज्ञापन पत्र बुुझाएको छ ।

नागरिक समाजका नाममा पार्कको निर्माण रोक्ने कुराको सामाजिक सञ्जालमा आलोचना पनि भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले धनगढी उपमहानगरपालिका देखि ३ किलोमिटरको दूरीमा बनस्तपती उद्यान रहेको, १० किलोमिटरको दूरीमा कनरी पार्क रहेका र कुरुप बनेको पार्कलाई ब्यवस्थित बनाउदा वातावरणको कुरा गरेर निर्माण प्रभावित पार्न खोजिएको आरोप लगाइएको छ ।

नागरिक समाजलाई पूर्व मेयर नृपबहादुर ओडको समर्थन रहेको छ । विज्ञप्ती आयो । ‘धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको विरेन्द्र ऐश्वर्य पार्कको क्षेत्रफल भीत्र ब्लक सतिको ब्यवसायीक संरचना निर्माण गरिनु हुदैन भन्ने कुरामा पूर्व जनप्रतिनिधिको हैसीयतले मेरो पनि एक्यवद्धता छ’ ओडले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । तर ज्ञापन बुुझाउनेहरुले भने आफुहरुले सामाजिक सञ्जालमा मेयर गोपाल हमालले मागेको सुझाव थाहा नभएको बताएका छन ।

clock आइतबार १३, असोज २०८१ १४:४१

प्रतिक्रिया