पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

  आइतबार १३, असोज २०८१ ०९:२३

बझाङ । जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका–४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ भित्रनेहरु बिहानैदेखि अलपत्र परेका छन् । तल्लो बाग्थला नजिक रहेको पानी धारा नजिक बिहान ४ बजे सडक माथिबाट पहिरो खसेको पाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाइएको छ ।

चाडपर्व नजिकै गर्दा जयपृथ्वी राजमार्ग बेला बेला अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनले सास्ती भोग्नु परिरहेको छ । सडक सुचारु गर्न सडक डिभिजन कार्यालय बैतडीले जेसिबी परिचालन गरिएको जनाएको छ ।

clock आइतबार १३, असोज २०८१ ०९:२३

प्रतिक्रिया