प्रतिकुल मौसमका कारण धनगढीबाट उडेनन् दुई जहाज

  शनिबार १२, असोज २०८१ १४:३५

धनगढी । प्रतिकुल मौसमका कारण उडान तालिका अनुसार धनगढीबाट उडान भएको छैन्। हिजो (शुक्रबार) धनगढी विमानस्थलमा अवतरण भएका दुइवटा जहाज काठमाण्डौं लगायत स्थानमा देखिएको प्रतिकुल मौसमका कारण उडान हुन सकेको छैन्। 

बुद्ध र श्री एयरलाइन्सका २ जहाज शुक्रबारदेखि धनगढीमा छन्। विहान ७ र ९ः५५ बजेको समयमा उडान तालिका भए पनि प्रतिकुल मौसमका कारण यो समाचार तयार पार्दासम्म धनगढीबाट कुनै पनि उडान भएको छैन्।

काठमाण्डौं लगायतका स्थानमा निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित बन्न पुगेको विमानस्थल कार्यालयले जनाएको छ। मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन।

विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने काठमाण्डौंबाट अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ। हवाई उडान हुने भन्दै यति बेला धनगढी विमानस्थलमा यात्रुहरु पुगेको भए पनि खराब मौसमका कारण उडान हुन नसकेको विमानस्थल कार्यालयले बताएको छ।

वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान हुन सकेको छैन्। हिजोदेखि नै धनगढीमा २ विमान ‘होल्ड’ छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो।

clock शनिबार १२, असोज २०८१ १४:३५

प्रतिक्रिया