बाढी तथा पहिरोमा परी ११ को मृत्यू, १० बेपत्ता, सयौं डुवान, हजारौं प्रभावित

  शनिबार १२, असोज २०८१ १२:४२

धनगढी । शुक्रबार देखि परेको अविरल वर्षाका कारण देशभरको जनजिवन प्रभावित बनाएको छ । हजौरौं मानीसहरु बाढी पहिरो र डुवानकाकारण विस्थापित भएका छन । वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी हाल सम्म ११ जनाको मृत्यु जानकारी प्राप्त भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ ।

झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर बागमती प्रदेशमा मात्रै ६ जनाको मृत्यु भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो । प्राप्त सूचना अनुसार काभ्रेमा तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ ।

काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिले सम्म १० जना बेपत्ता भएका छन भने ७६० जना सकुशल उद्दार गरिएको छ ।

त्यस्तै १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण बागमति प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।काठमाडौं उपत्यकाका अधिकांश नदीकिनारहरु जलमग्न छन भने उपत्यकाका बस्तीहरुमा पानी पसेर डूवान भएका छन् ।

सरकारी कार्यालय, अस्पताल, प्रहरी चौकीहरु समेत डूवानमा परेका छन् । नदी आसपासका सडक पुरै अवरोध छ । उपत्यका बाहिर देशभरका अधिकांश सडकहरु ठप्प भएको प्रहरीले जनाएको छ । दुई दिनदेखिको अविरल झरीले देशका अधिकांश नदीमा जल सतह बढेको छ ।

clock शनिबार १२, असोज २०८१ १२:४२

प्रतिक्रिया