ब्याङ्लोरमा विभत्स हत्या गरिएकी महालक्ष्मीको मुल घर डडेल्धुरा

  बिहिबार १०, असोज २०८१ १६:१३

धनगढी । अहिले सामाजिक सञ्जालमा एक युवतीको विभत्स हत्याभएको घटना भाइरल बनिरहेको छ । महालक्ष्मीनाम गरेकीतीयुवतीको हत्या गरेर टुक्राहरुफ्रिजमा राखेको घटनाले सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ । विभत्स रुपमा हत्या गरेर शवका टुक्रा पारि फ्रिजमा लुकाइएको अवस्थामा शव फेला परेका दृश्यले मुटु नै काँप्छ । ती युवती धेरैले नेपाली भएको बताइरहेका छन् भने कतिपयले भारतीय युवती नै रहेको टिकाटिप्णी गरिरहेका छन् ।

उनको पहिचानको विषयमा विभिन्न टिकाटिप्पणि भइरहेको छ । उनी भारतीय युवती नै भएपनि उनको मुल घर भने नेपाल मै रहेको खुलेको छ । भारतीय मिडियाले भारतको बगांलकी रहेको तर मुल घर नेपाल रहेको भन्दै छ्याप छ्याप्ती समाचारहरु छापिरहेको छ ।

महालक्ष्मीको मुल घर डडेल्धुरा

नेपाली हुन् वा भारतीय भन्ने बारे स्पष्ट नभएको भन्दै अधिकासंले समाजिक सञ्जालहरुमा टिका टिप्पणी गरिरहेका छन् । तर उनको मुल घर नेपालमै रहेको खुलासा भएको छ । उनको मुल घर डडेल्धुराको आलिताल गाउंपालिका वडा नम्बर ४ लामजिल्ले घर भएका करनसिंह रानाकी छोरी रहेको खुलेको छ । सानैमा महालक्ष्मीका बुवा करनसिंह राना रोजगारीका लागि भारत गएकाथिए । उनले डडेल्धुराबाटै विहे गरेर भारतको ब्याङ्लोरमा बस्दै आएको आलिताल गाउंपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमलसिंह बोहराले बताए ।

उनले भने, “उहाँको पुख्र्यौली घर यतै हो । सानैमा रोजगारी गर्न करन कामी भारत गएकाहुन् । लामोसमय पछि उनले यहाँ आएर नेपाली नागरिकता बनाएर गएका छन् । तर उनका छोराछोरी कोही पनि यता बस्दैनन् । उनीहरु उतै जन्मेको हुर्केको हुन् ।’’ करन सिंह राना नेपाली थर कामी रहेको बुझिएको छ । करनका वुवाको थर कामी हुँदा करनसिंह रानाले पनि कामी थरबाट नै नेपाली नागरिकता बनाएको बुझिएको छ भने भारतीय कागजपत्रमा राना थर रहेको बुझिएको छ ।

महालक्ष्मी भारतीय नागरिक

महालक्ष्मी भारतीय नागरिक भए पनि उनको मुल घर भने डडेल्धुरा नै रहेको बताइएको छ । उनका माइति परिवार पहिलेदेखी नै भारत बस्दै आएका छन् । रोजगारिको सिलसिलामा भारत गएका उनका माईति परिवारले भारतमै बसाइंसराइं गरेका हुन् । ६०र७० वर्ष पहिले देखि नै आफुहरु भारतमा बस्दै आएको महालक्ष्मीका भाई हुकुम सिंह रानाले बताए । उनले भने, खासै हामीलाई त नेपालको कुन ठाउँमा घर छ भन्ने पनि थाहा छैन्, आमाले बाले पुख्र्यौली डडेल्धुरा हो भन्छन्। यताहामी बसेको धेरै भयो । हाम्रो थर पनि बदलीयो । दिदिको यतै विवाह भएको हो । हामी नेपाल कहिलै आएका छैनौँ बुवाको घर नेपाल हो भन्ने थाहा छ ।’’

महालक्ष्मीको विभत्स हत्या

भारतीय संचार माध्यमअनुसार सो घटना ब्याङ्लोरको विनायकनगर, व्यालिकावलमा भएको हो । ब्याङ्लोरको नेलमंगला बस्ने महालक्ष्मी पछिल्लो ५ महिनादेखि एक्लै बस्दै आएकी थिइन् । विवाहित २९ वर्षीया महालक्ष्मी ब्याङलोरमै कोठा भाडामा लिएर बस्ने गरेको बुझिएको छ । उनको विभत्स हत्यागरि शरिरका ३० टुक्रा पारेर उनकै कोठाको फ्रिजमा राखिएको बताइएको छ ।

यसरी भयो घटनाको खुलासा
भारतीय सञ्चार माध्यमकाअनुसार महालक्ष्मीको कोठाबाट गन्ध आउन थालेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घरबेटीको सहयोगमा महालक्ष्मीको परिवारसंग सम्पर्क गर्यो । परिवारसंग सम्पर्कगर्दा महालक्ष्मीको फोन २ सेप्टेम्बरदेखि बन्द रहेको थाहा पाइयो । शव हेर्दा र घटनास्थलमा भेटिएका सामग्रिका आधारमा प्रहरीले महालक्ष्मीको हत्या घर भित्रै गरि शव फ्रिजमा लुकाइएको बताएको छ ।

महालक्ष्मी दासको ६ बर्ष पहिले विवाह भएको उनकाभाई हुकुम सिंह रानालेबताए । भारतकै हेमंत दास नाम गरेका व्यक्तिसंग विहे भएको बताइएको छ । उनको एक चार वर्षकी छोरी समेत छन् । तर पारिवारीक विवादकाकारण उनी ब्याङलोरमै अलग बस्ने गरेको बताइएको छ । उनीएक मॉलमा सेल्सपर्सनको काम समेत गर्दै आएकी थिइन् ।

महालक्ष्मी केहि दिनदेखी सम्पर्कमा नरहेको परिवार स्रोतले जनाएको छ । सो हत्याको मुद्दा दर्ता भइसकेको छ । सो घटनामा सोधपुछका लागि ४ जनालाई जिनयन्त्रणमा लिइएको मेचीमहाकाली प्रवासी नेपाल–भारत ट्रस्टका महासचिव भक्तबहादुर धामीले बताए । मेचीमहाकाली प्रवासी नेपाल–भारत ट्रस्ट परिवारले दोषिलाई पक्राउगरि कडा कारवाहिको माग गरिरहेको छ ।

धामीका अनुसार सो घटनाको अनुसन्धानका लागि २ सय प्रहरी खटाइएको छ । महालक्ष्मी दासको माइती परिवार विगत ६०र७० वर्षदेखि भारतमा बस्दै आएका छन् । महालक्ष्मीको जन्म भारतमै भएको हो । भने उनको विवाह पनि भारतमै भएको हो । पुख्र्यौली नेपाल भए पनि उनी भारतीय नागरिक हुन् ।

clock बिहिबार १०, असोज २०८१ १६:१३

प्रतिक्रिया