धनगढीमा मनाइयो ७ औँ अन्तराष्ट्रिय साकेंतिक भाषा दिवश

  सोमबार ०७, असोज २०८१ १७:५४

धनगढी । आवाज नसुन्नेका लागि आवाजको काम संकेतले गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिख अर्थात् आजका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ । सन् २०२१ को सांकेतिक भाषा दिवसको नारा वीई इग्न् फर ह्युमन राइटस् (हामी मावन अधिकारका लागि सांकेतिक भाषा) रहेको छ ।

सबैका लागि बोलिचालिको भाषा मैत्रीपूर्ण नहुने भएकाले सांकेतिकसँगै शारीरिक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधि माध्यमको सेवा, सुविधा र समाचारको जानकारी पाइन्छ । धनगढीमापनि आज यो दिवश मनाइएको छ । बहिरा सघं कैलालीको आयोजनामा धनगढीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । साकेंतिक भाषा अधिकारका लागी सकेंत गरौँ भन्ने उद्देश्य सहित धनगढीको मुख्यमन्त्री कार्यालय अगाडीदेखी पार्कमोड सम्म प्रभातफेरी निकालिएको हो । 

दिवशका अवशरमा सबै सरकारी निकायमा दोभाषेको ब्यवस्था हुनुपर्ने, सञ्चार माध्यम बहिरामैत्री हुनुपर्ने लगायतका माग राखिएका छन् । बहिरा सघं कैलालीका सचिव बिजय साउँदले प्रदेश तथा स्थानिय तहका हरेक कार्यालयहरुमा दोभाषेको ब्यवस्था गरिनुपर्ने बताएका छन् । दोभाषे नभएकै कारण सरकारी कार्यालयहरुमा सेवा लिन निकै समस्या भएको उनले बताए । यसका साथै रोजगारीका क्षेत्रमा बहिराका लागी छुट्टै कोटा निर्धारण हुनुपर्ने उनको भनाई छ । 
अन्तराष्ट्रिय साकेंतिक भाषा दिवशको अवशरमा आयोजित प्रभातफेरीको सुभरम्भ सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले गरेका हुन् । दिवशमो अवशरमा खड्काले सम्पुर्ण साकेंतिक भाषीहरुलाई सुभकामना दिएका छन् । उनले साकेंतिक भाषाको बिकास र फरक क्षमता भएका बहिरा ब्यक्तीहरुको संरक्षण र उहाँहरुको जिबिकोपार्जनमा सरकारी लगानी आवश्यक रहेको बताए ।

दिवशकै अवशरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुभकामना दिएका छन् । मुख्यमन्त्री शाहले साकेंतिक भाषा संचार गर्ने भाषिक अल्पसख्यंक, समुदायका रुपमा रहेका बहिरा समुदायका लागी राष्ट्रिय बहिरा महासंघ सुदुरपश्चिम प्रदेश र कैलाली जिल्ला बहिरा सघंले खेल्दै आएको भुमिका महत्वपुर्ण भुमिकाका लागी धन्यवाद दिएका छन् । बहिरा समुदाय समाजको बिविधताको एक अभिन्न अगं रहेको उनले बताएका छन् । 

सुभकामना दिदै उनले भनेका छन् “बहिरा समुदायको बिकास, मुल प्रवाहिकरण, पहिचान एवं प्रतिनिधित्वका लागी प्रदेश सरकार कटिबद्ध रहेको छ, सुदुरपश्चिम प्रदेश सरकारले साकेंतिक भाषाको दोभाषे तालिम प्रदान गर्ने तथा बहिरा नागरिकहरुलाई दोभाषे सेवा प्रदान गर्ने कार्यको सुभारम्भ गरिसकेको छ, यस महत्वपुर्ण अवशरमा साकेंतिक भाषा तथा संचारको बिकासका लागी सुदुरपश्चिम प्रदेश सरकारले आगामी दिनमा प्रार्थमिकतामा राख्ने प्रतिबद्धता जाहेर गर्दछु ।”

साकेंतिक भाषहरुको अन्तराष्ट्रिय दिवश २०८१ को उपलक्षमा आफ्नो भाषिक पहिचान, प्रतिनिधित्व, सामाजिक समावेशीकरण तथा समग्र बिकासका लागी सशक्त रुपमा अगाडी बढ्ने शक्ती समग्र बहिरा समुदायमा प्राप्त होस भन्ने सुभकामना ब्यक्त गर्दछु ।
विश्वभर ७ करोड २ लाख व्यक्ति सुस्त श्रवणशक्ति भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यी मध्ये ८० प्रतिशतभन्दा बढी मानिस विकासोन्मुख देशमा पर्छन् भने ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषा प्रयोग गर्ने गरेको विश्व भाषा अध्ययन केन्द्रले जनाएको छ ।

clock सोमबार ०७, असोज २०८१ १७:५४

प्रतिक्रिया