लडेर घाइते बैतडीकी देवकीको उपचारमा आर्थिक अभाव

  सोमबार ०७, असोज २०८१ १५:४०

बैतडी । बैतडीकी देवकी महराको उपचारमा आर्थिक अभाव भएको छ । गत भाद्र ३१ गते जंगलमा बाख्रा चराउन गएका बेला लडेर गम्भीर घाइते भएकी उनको उपचारमा आर्थिक अभाव भएको हो ।

पाटन नगरपालिका–८ राङ्गजुनौकी ४८ वर्षीया महराको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । महराको प्राण रक्षाका लागि नेपाल र भारतमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको अभियन्ता प्रेमसिंह भाटले बताए । भारतमा पाटन–१० घर भएका समाजसेवी युवा विष्णु भट्ट कपाडी र पाटन–९ घर भएका कृष्णसिंह भाटले अभियानको नेतृत्व गरिरहेका छन् ।

घाइते महराको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको अभियन्ता भाटले बताए । श्रीमानले दोस्रो विवाह गरेर गएपछि दुई नाबालक छोराको पालनपोषण गर्दै आएकी महरालाई चोट लागेपछि उनको परिवारको समेत विचल्ली भएको छ ।

महराको उपचारका लागि सञ्चालन गरिएको अभियान अन्तर्गत दुई दिनमा १ लाख ६८ हजार ६ सय २० रुपैयाँ संकलन भएको भाटले बताए । उनलाई सहयोग गर्न चाहनेहरुले देवकी महराको ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ०१९०७०१००२१९५० मा जमा गर्न सक्नेछन् । 

clock सोमबार ०७, असोज २०८१ १५:४०

प्रतिक्रिया