बाजुरामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

  सोमबार ०७, असोज २०८१ ११:३६

बाजुरा । बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यापार कम्पनी शाखा कार्यालय मार्तडी र कोल्टीले दसैँ तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

जिल्लाका खाद्य संस्थानका कार्यालयमा चामल मात्रै विक्री वितरण हुने हुँदा सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर विक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताए ।

जिल्लाभरी सरकारले चार हजार क्वीन्टल विक्री गर्न अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा तीन हजार क्वीन्टल खाद्य सहुलियत दरमा विक्री हुने उनले बताए ।

उनका अनुसार जिल्लामा दसैँ तिहारमा खाद्यान्न अभाव हुनेछैन । मार्तडीमा चार हजार क्वीन्टल र कोल्टीमा दुई हजार तीन सय क्वीन्टल चालम मौज्दात छ । असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत खाद्य विक्री चार महिनासम्म अर्थात् माघ २ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो । सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको छ ।

clock सोमबार ०७, असोज २०८१ ११:३६

प्रतिक्रिया