यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

  सोमबार ०७, असोज २०८१ ०७:५३

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशको एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेशका र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

clock सोमबार ०७, असोज २०८१ ०७:५३

प्रतिक्रिया