कैलालीका नरबहादुरले चक्कुले आफ्नै घाँटी रेटेपछि...

  शनिबार ०५, असोज २०८१ १६:२४

धनगढी । कैलालीमा चक्कुले आफ्नै घाँटी काटेर एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर ओडले आफ्नै घाँटीमा चक्कुले काटेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले मानसिक सन्तुलन ठीक नभएका ओडले शनिबार बिहान चक्कुले आफ्नै घाँटी र हातमा काटेको बताए ।

गम्भीर घाइते भएका ओडलाई तत्कालै टीकापुर अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

clock शनिबार ०५, असोज २०८१ १६:२४

प्रतिक्रिया