सांसद विष्टको प्रश्न : बजेटबाट राजधानी किन हटाइयो ?

  शनिबार ०५, असोज २०८१ १५:३६

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टले गोदावरीमा राजधानी बनाउने विषय बजेटबाट किन हटाइएको भनेर प्रश्न गरेकी छिन । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले विगतका वर्षहरूका बजेटमा प्रदेश राजधानीको विषय उठान हुने गरेपनि यस पटक किन मौन बसेको भनेर प्रश्न गरेकी हुन ।

‘७ वर्षदेखि प्रदेश संरचना नबनेपछि बजेट छुट्टिँदै आइरहेको बेला अहिलेको सरकारले त्यो सिस्टमबाटै नै किन हटायो ? किन नामोनिसान नै मेटियो ?’ उनले भनिन् ‘बजेटबाट हटाउने नै भए यो प्रदेश नै खारेज गरिदिऊँ । किन चाहियो प्रदेश ?’

उनले राजधानी तोकिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले चुनाव जितेको ६ महिना भित्र राजधानी बनाउने भनेर जनतामा भ्रम छरेको बताइन् । उनले अहिले तिनै सांसद सरकारमा गएको बेला बजेटबाट राजधानी राजधानी हटाएको बताइन् ।

उनले गोदावरीमा राजधानीको विषयमा मुद्दा परेकाले अर्को ठाउँमा राजधानी बनाउन निःशुल्क जग्गा उपलब्ध गराउँछौ भन्ने पनि कता हराए भनेर प्रश्न गरिने ।

‘राजधानी निर्माण गर्ने ठाउँमा मुद्दा परेको छ । त्यहाँ हुन सकेन भने मैले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउँछु र, राजधानीको प्रक्रिया अगाडि बढाउनु पर्छ भने । अहिले त्यो किन छुट्यो’ उनले भनिन ‘त्यो निःशुल्क जग्गा कहाँ गयो । अहिले त्यो किन अगाडि बढ्न सकेन ।’

clock शनिबार ०५, असोज २०८१ १५:३६

प्रतिक्रिया