सुदूरपश्चिमको राजधानीका विषयमा बजेट बोलेन : सांसद मल्ल

  शनिबार ०५, असोज २०८१ १५:२४

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र बहादुर मल्लले सुदूरपश्चिमको राजधानीको विषयमा बजेट किन नबोलेको भन्दै प्रश्न उठाएका छन् । 

सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले सरकार प्रदेशको संस्थागत इन्सिच्युसनका बारेमा बेवारिसे बनेको बताए ।

आज हामी सैद्धान्तिक रूपमा चुकेका छौ । हामी हाम्रो संस्थागत इन्सिच्युसनको बारेमा बेवारिसे छौ भने यो सरकारले अन्य कुरा के गर्न सक्छ रु’ उनले भने ‘आज यो बजेटमा राजधानीको बारेमा कहीँ कतै बोलेको देख्नुभएको छ । सुदूरपश्चिमको राजधानी कहाँ हो रु’

उनले डोटीबाट खोसिएको राजधानी दुई तिहाइले गोदावरीमा बनाउने भने पनि अहिले कहाँ गएको भनेर प्रश्न गरे ।

clock शनिबार ०५, असोज २०८१ १५:२४

प्रतिक्रिया