नवजिवन सहकारीद्वारा मजगाउँमा बृक्षारोपण

  शनिबार ०५, असोज २०८१ १५:१३

धनगढी । धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाले बृक्षारोपण गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँ मिल तथा खाद्य गोदाम परिसरमा सहकारीले बृक्षारोपण गरेको हो । शनिबार बिहानै सहकारीको सञ्चालक समिति तथा कर्मचारीहरु बृक्षारोपण गर्न मजगाउँ पुगेका हुन् । 

ढेड बिगाह जमिनमा स्थापना भएको खाद्य गोदाममा कृषी उपज संकलन कार्य शुरु गरेको नवजिवनले भण्डारीकरण, प्रसोधन एवं बजारिकरण सहित सोही जमिनमा कुटानी, पिसानी र पेलानी उधोग सञ्चालन प्रक्रिया अगाडी बढाउने कार्य अन्तर्गत बृक्षारोपण गरिएको हो ।

संस्थाका सञ्चालक समिति उपाध्यक्ष चेतराज ओझाले खाद्य गोदाम परिसरमा गरिएको बृक्षारोपणले यहाँको वातावरण समेत स्वच्छ हुने अपेक्षा लिएका छन् । रुख रोपे मात्रै मानव जिवन सहज बन्ने बताएका उनले खाद्य गोदामको धुलो बस्तीमा जानबाट रोक्न बाँसका बोटपनि रोपेको जानकारी दिए ।

संस्थाका सञ्चालक समिति सदस्य गोपाल पाठकले बासँ, तेजपत्ता, दाल्चिनी, अमला, आप, अम्बा, कागती लगायतका बिरुवा रोपिएको बताए । संस्थाले कृषी उपजहरुलाई उपभोग्य बस्तुको रुपमा आफ्नै ब्राण्डिङ गरी सदस्यहरुलाई सुलभ मुल्यमा बिक्रि गर्न कुटानी, पिसानी तथा पेलानी उधोग फर्म दर्ता गरिसकेको छ । मजगाउँमा मिलघर निर्माण गरी मेसिनहरु खरिद प्रक्रिया शुरु गरेको छ ।

clock शनिबार ०५, असोज २०८१ १५:१३

प्रतिक्रिया